IME Life New

आज अन्तिम दिनसम्म एशियन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अन्तिम दिन एशियन हाइड्रोपावर लिमिटेडको आइपीओमा करिव १५ लाखको आवेदन परेको छ । कम्पनीले माघ २७ गतेदेखि आज फागुन ३ गतेसम्म आइपीओ विक्री खुला गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः३ बजेसम्ममा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २३.८४ गुणा बढी हो ।

Esewa
Crest

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS