काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ देखि २६ गतेसम्म निष्काशन गरेको आइपीओ यहि साता भित्रै बाँफाँड गर्ने तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइपीओ प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न गरिसकेको बताएको छ । आइपीओ बाँडफाँड भने शुक्रबारसम्म गरिने जनाएको हो ।
कम्पनीको आइपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी आवेदन हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।