Connect IPS
IME Life

नेपाल बीमा प्राधिकरण दोस्रो पञ्चवर्षीय रणनीतिक योजना बनाउदै, विज्ञहरुको राय सुझाव लिन बाँकी !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण दोस्रो ५ वर्षे रणनीतिक योजना बनाउने तयारीमा जुटेको छ । प्राधिकरणले सन् २०२३ देखि २०२८ सम्मको अवधिका लागि रणनितिक योजना बनाउने भएको हो ।

प्राधिकरणले सन् २०१४ देखि २०१९ सम्मको पहिलो रणनीतिक योजना बनाएको थियो । यस लगत्तै प्राधिकरणले २०२० देखि २०२५ सम्मको दोस्रो रणनीतिक योजना बनाउनु पर्ने थियो । तर कोभिड १९ को प्रभावले प्राधिकरणले उक्त समयमा रणनीतिक योजना बनाउन सकेन ।

Prabhu
Crest

यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । प्राधिकरणले आगामी ५ वर्षमा प्राधिकरणलाई के कस्ता कुराहरुमा रिफर्म गर्ने, के कस्ता कामहरु गर्ने भन्ने दीर्घकालिन रणनीति बनाउनेछ । यहि ५ वर्ष दीर्घकालिन रणनीतिलाई आधार मानेर प्राधिकरणले हरेक वर्ष वार्षिक नीति तथा कार्यक्रम र योजना बनाउनु पर्ने हुन्छ । अहिलेको अवस्थामा ५ वर्षे रणनीतिक योजना बिनानै प्राधिकरणले वार्षिक कार्यक्रमहरु बनाउने गरेको छ ।

जसरी सरकारले पञ्चवर्षीय योजनालाई आधार मानेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पार्ने गरेको छ । प्राधिकरणले पनि आगामी दिनमा यहि पञ्चवर्षीय योजनालाई आधार मानेर आफ्ना कार्यक्रम तय गर्नेछ ।

पञ्चवर्षीय रणनीतिक योजना बनाउदा प्राधिकरणले नेपाल राष्ट्र बैंकको प्रचलित नीति, योजना, रणनीतिलाई पनि संबोधन गरेर कार्यक्रम बनाउने छ । त्यस्तै सरकारले बनाएका विभिन्न आवधिक योजना, रणनीति र बजेटलाई समेत संबोधन गरिनेछ । विश्व बैंकका कतिपय कार्यक्रमलाई पनि प्राधिकरणले अध्ययन गरिरहेको छ ।

बीमा क्षेत्रलाई विकास गर्न स्थापित प्राधिकरणले आफ्नो हिसावले मात्रै योजना बनाउने भन्दा पनि देशको वस्तु स्थितिलाई पनि मध्यनजर गर्दै रणनीति तय गर्नेछ । अहिलेको बीमा बजारलाई अझै विकसित बनाउन यस्ता योजना आवस्यक पर्ने प्राधिकरणले जनाएको छ ।

कतिपय सुधारका कुराहरु अल्पकालिन नीति निर्देशनबाट मात्रै पुरा हुँदैन । यसका लागि दीर्घकालिन योजना आवस्यक पर्छ । विश्व परिवेशमा बीमा बजार धेरै विकसित भइसकेको छ । यसरी नेपालको बीमा बजारलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि रणनीतिक योजनाहरु आवस्यक पर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको पञ्चवर्षीय रणनीतिक योजनाको प्रारम्भिक मस्यौदा लेखन सुरु भइसकेको छ । तर प्राधिकरणले यस्ता योजना बनाउन विज्ञहरुको समुह बनाएर अध्ययन गराउनु पर्छ । अहिले भइरहेका कर्मचारीहरुलाई मात्रै प्रयोग गरेर रणनीतिक योजना बनाउदा त्यो ल्याउनका लागि ल्याउने जस्तो मात्रै हुन्छ । यस भन्दा अगाडी बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका, राष्ट्रिय अन्तर्राष्ट्रिय बीमा बजारलाई बुझेका विज्ञहरुसँग राय सल्लाह सुझाव लिएर बनाउन सक्यो भने यसले भोलिका दिनमा दुरगामी असर पार्नेछ । रणनीति भनेको अहिलेका विद्यमान कानुनी व्यवस्थालाई कार्यान्वयन गर्नु मात्रै होइन यो त आगामी पाचवर्ष पछिको बीमा बजार कस्तो हुने र बीमा बजारमा के कस्ता सुधार चाहने भन्ने अवधारणा हो ।

त्यसैले प्राधिकरणले सैद्धान्तिक रुपमै छलफल गराउदा उचित हुन्छ । ताकी रणनीतिक योजना कार्यान्वयन योग्य होस् । योजना बनाएर कार्यान्वयन भएन भने त्यो केबल एउटा कागजको दस्तावेज मात्रै हुनेछ । त्यसैले कार्यान्वयन गर्न सकिने र वास्तविक धरातललाई हेरेर कार्यान्वयन गर्न मिल्ने किसिमका योजनाहरु समेट्नु पर्ने हुन्छ । अर्को तर्फ प्राधिकरणका रणनीति राज्यले जारी गरेका अन्य व्यवस्था सँग बाँझिने किसिमको हुनु हुँदैन । सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई नै बोलाएर रणनीति बनाउदा समय लाग्न सक्छ तर त्यस क्षेत्रमा विज्ञको राय सुझाव भने लिनु पर्छ ।

दीर्घकालिन रणनीति बिनानै नियमन हुँदा निश्चित समय पछि बजार नै फेलियर हुन सक्छ । अहिले पनि बीमा प्राधिकरणका कतिपय नीतिगत व्यवस्थाहरु तत्कालिन हुने गरेका छन् तर त्यसको दुरगामी असर भने बजारमा परिरहन्छ । जस्तो बीमा कम्पनीको लाइसेन्स वितरण प्रणाली, पूँजी बृद्धि योजना, पुनर्बीमाको नीति, दाबी भुक्तानीका नीति इत्यादी ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS