IME Life New

तारागाउँ रिजेन्सीको प्रस्तावित लाभांश पारित, संचालक नियुक्तीको प्रस्ताव रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Esewa
Crest

सभाले संचालकको नियुक्ती भने रद्द गरेको छ । शेयरधनीहरुले बिरोध गरेपछी संचालक नियुक्ति प्रक्रिया नपुगेको भन्दै प्रस्ताव रद्द गरेको जनाइएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS