Connect IPS
IME Life

शेयर बजारको ओरालो यात्रा कायमै, सूचक सँगै कारोबार रकममा भारि गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको ओरालो यात्रा अझै कायम रहेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रतिको विश्वास गुमे सँगै शेयर बजार माथि उठ्न नसकेको हो । पौडेलले राष्ट्र बैंक मार्फत शेयर लगानीकर्ताको माग सुनुवाइ गर्ने अपेक्षा गरिएको थियो । तर राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षामा शेयर बजारलाई सुन्न पनि चाहेन ।

पत्रकार सम्मेलन तथा सार्वजनिक समारोहमा गभर्नर अधिकारीले शेयर बजार राष्ट्र बैंकको क्षेत्र नभएको बताउदै आएका छन् । उनले धितोपत्र बजार धितोपत्र बोर्ड अन्तर्गत सञ्चालन हुने हुँदा नेपाल राष्ट्र बैंकलाई शेयर बजारको नियामकको रुपमा नहेरिदिन अनुरोध गर्दै आएका छन् । शेयर बजारमा बैंक वित्तीय संस्थाको उपस्थिति धेरै भएकाले राष्ट्र बैंकको नीतिले प्रभाव पारेता पनि अहिले नै शेयरधितोकर्जाको विषयमा सोच्नु पर्ने अवस्था नभएको प्रष्ट पारेका छन् ।

Prabhu
Crest

शेयर बजारलाई प्रभाव पार्ने बैंक व्याजदर र तरलता भएको हुँदा राष्ट्र बैंकले यसैमा केन्द्रित रहेको हुँदा यसमा सुधार आउने वित्तीकै शेयर बजारका लगानीकर्ता आफै लाभांवित हुने उनको भनाइ रहेको छ । यसै क्रममा मौद्रिक समिक्षा पछि बजारमा लगातार ओरालो झर्ने क्रम जारी छ । यसै क्रममा आज मंगलबार पनि नेप्से सूचक १६.४० अंकले घटेको छ । सूचक सँगै कारोबार रकम एक अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ ।

आज नेप्से सूचक २१०५.४६ अंकमा रोकिएको छ । मंगलबार १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ४५ वटाको मूल्य भने बढेको छ । आज सर्वाधिक धेरै युनिलिभरका शेयरधनीले ६.१२ प्रतिशतले कमाएका छन् । हिमालयन डिष्ट्रिलरीको शेयरमा भारी गिरावट सँगै कारोबार रकम सर्वाधिक धेरै ७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । उत्पादन तथा प्रशोधनमुलक क्षेत्र बाहेक सम्पुर्ण सूचकमा गिरावट दखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS