IME Life New

यातायात मजदुरले फिर्ता लिए आन्दोलन, सार्वजनिक यातायात सञ्चालन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यातायात मजदुरले आह्वान गरेको आन्दोलन फिर्ता लिएका छन् । मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन ठप्प पार्न आह्वान गरिएको कार्यक्रम फिर्ता लिएको हो । यससँगै सार्वजनिक यातायात तत्काल सञ्चालन हुने भएको छ ।

यातायात मजदुर र यातायात मन्त्री नारायणकाजी श्रेष्ठबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । यातायात मन्त्री श्रेष्ठले यातायात मजदुरको सम्पूर्ण माग सम्बोधन गर्ने बताएपछि आन्दोलन स्थगित भएको हो । यससँगै भोलिदेखि देशभर आह्वान गरिएको आन्दोलन समेत फिर्ता लिएको हो ।

Esewa
Crest

सोमबार यातायात मजदुरले माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए । आन्दोलनकारीले प्रहरीको दुईवटा भ्यानमा तोडफोड र आगजनि समेत गरेका थिए । मजदुर संगठनहरुले १० बुँदे माग राख्दै ११ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS