IME Life New

ट्रिटन कलेजमा चुनियो संसद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ काठमाडौ उपत्यका सहित देशका ३५ वटा कलेजमा कानुन संकाय अध्ययरत १६५ जना विध्यार्थीहरुको सहभागीतामा ट्रिटन नमुना संसद कार्यक्रमको दोस्रो संस्करण यहि माघ २८ र २९ गते शुभश्री कलेज अफ म्यानेजमेन्टको सभा हलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रम अन्र्तगत माघ २८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म प्रशिक्षक विनोद खत्रीले १६५ जना सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए । त्यसपश्चात् माघ २९ गते भएको नमुना संसदमा भने छनोट भएका जम्मा ८८ जना विध्यार्थीहरु मात्रै सहभागी भएको कलेजकि सिइओ ऋतु न्यौपानेले जानकारी दिइन। नमुना संसद कार्यक्रममा सहभागीहरुलाई स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा नेपाल नागरिकता (संसोधन विधेयक), २०७९ पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधिन पेश हुँदै पारित समेत गरिएको थियो ।

Esewa
Crest

कार्यक्रम समापन समारोहको प्रमुख अतिथि पुर्व उपसभामुख एवं कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले मन्तव्यको क्रममा यस्ता कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै नेपालको संसदमा भएका कमी कमजोरीहरुलाई समेत सुधार गरि अझै परिष्कृत रुपमा युवाहरुले यस्ता कार्यक्रमहरु विद्यालय स्तरिय, नगर स्तरिय, प्रदेश स्तरिय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने र यस्तै कार्यक्रमहरुले देशको योग्य जनप्रतिनिधि जन्माउने बताइन् । त्यसैगरि विशिष्ट अतिथि भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका अध्यक्ष दौलथ राइले मन्तव्यको क्रममा राज्य संरचना तथा राज्य संचालन बारे जानकारी गराउने यस्ता कार्यक्रमहरु अझै व्यापक रुपमा प्रत्येक स्थानीय तहहरुमा समेत आयोजना हुनुपर्ने र यस्ता कार्यक्रमले उत्कृष्ट सचेत नेतृत्व उत्पादन गर्ने राह्य व्यक्त गरे ।

नयाँ युवा नयाँ सोच, नेपालका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैका अनुसार यस प्रतियोगितामा ३ वटा विधाहरु पुरस्कार स्वरुप राखिएको यस कार्यक्रममा उत्कृष्ट बहसकर्ता एलिशा शाही (एड मार्क एकेडेमी), सान्त्वना पुरस्कार समीर लामिछाने (कुमारवर्ती बहुमुखी क्याम्पस), उत्कृष्ट अनुसन्धानकर्ता स्मृति शर्मा (ट्रिटन कलेज), सान्त्वना पुरस्कार निशा घिमिरे (ह्वाइटहाउस कलेज) तथा उत्कृष्ट नेतृत्वकर्ता दृश्या काफ्ले (के एम सी, बागबजार), सान्त्वना पुरस्कार रामकृष्ण अधिकारी (के एम सी बालकुमारी) ले हात पार्न सफल भएका छन् । ट्रिटन कलेजका कानुन तथा व्यवस्थापन संकाय संयोजक कमान सिङ आर सिका अनुसार यस कार्यक्रमको तेस्रो संस्करण अझै धेरै कलेजहरुको सहभागीतामा व्यापक रुपमा  ट्रिटन कलेजले आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS