IME Life New

भाेली मंगलबार काठमाण्डाैमा सार्वजनिक यातायात सेवा हड्तालकाे घाेषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । यातायात मजदुर सम्बन्धित स‌ंगठनहरूले मंगलबार काठमाण्डाैं उपत्यकामा सार्वजनिक यातायात हड्तालकाे घाेषणा गरेका छन् । अत्यावश्कीय सेवा अन्तर्गत पर्ने सार्वजनिक यातायातकाे क्षेत्रमा हड्ताल गर्न नपाइने भएपनि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्तरुपमा साेमबार प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।

ट्राफिक नियम उलंघनवापत तिर्नुपर्ने जरिवाना महँगाे भएकाे भन्दै यातायात मजदुरले साेमबार काठमाण्डाैकाे बालाजु क्षेत्रमा गरेकाे आन्दाेलन हिंसात्मक भएकाे छ ।बिहानदेखि आन्दाेलनमा उत्रिएका यातायात मजदुरले प्रहरी भ्यान, प्रहरी बिट जलाउनुका साथै बालाजु माछापाेखरीकाे ल्हाेत्सेमलमा समेत ताेडफाेड गरेका छन् ।

Esewa
Crest

प्रदर्शन नियन्त्रण बाहिर गएपछि दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेकाे थियाे । प्रदर्शनकारी यातायात मजदुरले बालाजु बाइपास क्षेत्र र चक्रपथमा सडकमै सवारी साधन तेर्स्याएर चक्रपथ नै ठप्प पारेका छन् ।

यातायात मजदुरले शान्तिपूर्ण आन्दाेलनमा प्रहरीले दमन गरेकाे दाबी गर्दै मजदुर संगठनसँग भएकाे सम्झाैताहरू कार्यान्वयन नभएकाले हड्तालमा उत्रनु परेकाे दाबी गरेका छन् ।

त्रिभूवन विश्वविद्यालय लगायत शिक्षण संस्थाले परिक्षा संचालन गरिरहेकाले सार्वजनिक यातायात हड्तालका कारण विद्यार्थीले सास्ती भाेग्नुपर्ने भएकाे छ ।

नेपाल सरकारले जेठ १९, २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सार्वजनिक यातायात, हवाई उड्ययन सेवा स्वास्थ्य संस्था एम्बुलेन्स लगायतका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको छ।

हड्तालकाे घाेषणा गरेका मजदुर संगठनकाे नेतृत्वलाई पक्राउ गरेर कानूनी कारवाही गर्ने वा वार्ताकाे माध्यमबाट तत्काल समाधान खाेज्नेमध्येकाे कुनै एक विकल्प सरकारले राेज्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS