IME Life New

जीवन बीमा अभिकर्ताले छ महिनामै लिए रु‍. ६ अर्ब ३५ करोड कमिशन, कुन कम्पनीकाले कति बुझे (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसायमा मन्दी आउदा अभिकर्ताको कमिशनमा भारि गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सम्पुर्ण जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशनमा गिरावट आएको हो । समिक्षा अवधिमा कम्पनीहरुको अभिकर्ता कमिशन १८.९५ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्ममा अभिकर्ताले ६ अर्ब ३५ करोड रुपैयाँ प्राप्त गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा उनिहरुले ७ अर्ब ८४ करोड रुपैयाँ कमिशन बुझेका थिए । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा यस वर्ष प्रथम बीमाशुल्क आर्जन ३१ प्रतिशतले खुम्चिएको छ । गत वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २० अर्ब ६० करोड प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस वर्षको पुस मसान्तसम्ममा जम्मा १४ अर्ब १७ करोड रहेको छ । यसरी प्रथम बीमा शुल्क आर्जनमा गिरावट आउदा अभिकर्ताको कमिशनमा पनि भारी गिरावट आएको हो ।

Esewa
Crest

अभिकर्ताले प्रथम बीमा शुल्क आर्जनको २५ प्रतिशतसम्म कमिशन बुझ्ने गरेका छन् । अभिकर्ताले प्राप्त गर्न कमिशन तथा इन्सेन्टिभ सम्बन्धित कम्पनी अनुसार फरक फरक रहेको छ । जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कमा नविकरण तर्फको हिस्सा ८० प्रतिशत रहेको छ । जवकी विगतका वर्षमा नविकरण भन्दा प्रथमको हिस्सा बढि हुने गर्थ्यो ।

कोभिड १९ को संक्रमणको समयमा जीवन बीमा व्यवसायमा अत्याधिक बृद्धि भएको थियो । सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्दा सरकारी कर्मचारी, शिक्षक, समाजसेवी, व्यवसायीदेखि दिएर कृषकहरु समेत अभिकर्ता पेशामा संलग्न थिए ।

सबै जना आ-आफ्नो पेशा व्यवसायमा फर्किए सँगै जीवन बीमा व्यवसायमा समेत लगातार गिरावट आइरहेको छ । अभिकर्ता पेशालाई पुर्णकालिन व्यवसाय भन्नेहरु पनि विस्तारै पलायन हुन थालेका छन् । मानिसहरुलाई जीविकोपार्जनमै धौ धौ परिरहेको अवस्थामा बीमा प्राथमिकतामा पर्न सकेको छैन ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सर्वाधिक धेरै नेपाल लाइफका अभिकर्ताले एक अर्ब ५३ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिको तुलनामा १६.६२ प्रतिशतले कमिशनमा गिरावट आएको हो । दोस्रो धेरै कमिशन नेशनल लाइफका अभिकर्ताले  प्राप्त गरेका छन् । नेशनलका अभिकर्ताले यस अवधिमा ७३ करोड ९३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

तेस्रो धेरै कमिशनलाइफ इन्स्योरेन्स कर्पोरेसनको अभिकर्ता कमिशन खर्च २२ प्रतिशतले घटेको छ । अभिकर्ताले पुस मसान्तसम्ममा ७१ करोड १८ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा ९१ करोड ९६ लाख रुपैयाँ प्राप्त गरेका छन् । चौथो धेरै कमिशन युनियन लाइफका अभिकर्ताले प्राप्त गरेका छन् । युनियन लाइफका अभिकर्ताको कमिशन ३८ प्रतिशतले घटेर ३९ करोड ७९ लाखमा झरेको छ ।

समिक्षा अवधिमा अन्य कम्पनीहरु एशियन लाइफ ३५ करोड १९ लाख, सिटिजन लाइफ ३४ करोड २७ लाख, सूर्यज्योति लाइफ २५ करोड ७७ लाख, रिलायबलन नेपाल २४ करोड ८० लाख, मेट लाइफ २३ करोड १६ लाख, आइएमई लाइफ २२ करोड ४६ लाख, रिलायन्स लाइफ १८ करोड ४१ लाख रुपैयाँ, प्राइम लाइफ १७ करोड ३१ लाख, सन नेपाल लाइफ १६ करोड ५१ लाख, साविक ज्योति लाइफ १५ करोड ४६ लाख, प्रभु लाइफ १४ करोड ७० लाख, सानिमा लाइफ १४ करोड ६१ लाख, गुराँस लाइफ १४ करोड २६ लाख, महालक्ष्मी लाइफ १० करोड ९३ लाख र राष्ट्रिय बीमा संस्थानले ९ करोड १३ लाख खर्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS