Connect IPS
IME Life

नेपाल व्यवस्थापन संघको ४२ औं वार्षिकोत्सव सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले आफ्नो ४२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संघले माघ २८ गते नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न गरेको हो ।

सभामा विभिन्न चरणको कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा व्यवस्थापन संघले वार्षिकोत्सव मिटिङ, थिमर पेपर प्रस्तुतीकरण, दिगो अर्थतन्त्रमा आधारित रिसर्च पेपर, प्रस्तुतीकरण तथा अवार्ड सेरोमोनि रहेको थियो । सोहि अवसरमा म्यानले ‘व्यवस्थान जनरल’ को विमोचन गरेको थियो । उक्त समयमा व्यवस्थापनसँग सम्बन्धि संलग्न विभिन्न व्यक्तित्वहरुले आफ्नो विचार व्यक्त गरेका थिए । उक्त सभामा व्यवस्थापन संघका पूर्व अध्यक्षदेखि साधारण सदस्यसम्मको उपस्थिति रहेको थियो । अवार्ड शेरोमोनि सेसनमा भने प्रमुख अतिथिको रुपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थिति रहेका थिए ।

Prabhu
Crest

नेपालमा विभिन्न क्षेत्रमा व्यवस्थापकियलाई बलियो बनाउन यस संस्थाले अहम भूमिका निर्वाह गर्दै आएको छ । यस कार्यलाई थप निरन्तरता दिने संघका कार्यकारी निर्देशक सुवास कोइरालाको भनाई छ । आगामी दिनमा विद्यानसम्बत तय गरिएको बाटो अनुरुप पेशागत क्षेत्रमा अघि बढ्ने उनको भनाई छ । व्यवस्थापन हरेक कुरालाई सेभ ल्यान्डिङ गर्ने माध्यम भएकोले सेफ ल्यान्ङिका लागि व्यवस्थापकिय पाटो अति नै महत्वपूर्ण भएको उनी बताउँछन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामा आफ्नो मन्तव्य राख्दै निजि क्षेत्र र सरकारी निकायबीचको साझेदारीमा आयोजनाहरु अघि बढाउनुपर्ने बताए । सरकारले हरेक क्षेत्रमा व्यवस्थापन गर्न नसकिने भन्दै उनले नेपाल व्यवस्थापन संघबाट मुलुकले केहि उपलब्धि पाउनुपर्ने बताए । साथै आउँदो दिनमा यस संघबाट सरकारले व्यवस्थापनबारे सकारात्मक सल्लाह र सुझावको अपेक्षा समेत राखेको उनले बताए ।

संघले विभिन्न क्षेत्रमा अनवरत रुपमा सेवा पुर्याउँदै आएका व्यक्तित्वहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । जसमध्ये म्यानेजर अफ द इयर २०२२ को अवार्ड इसेवा मनिट्रान्सफरका सिइओ अजेश कोइरालालाई प्रदान गरिएको थियो । साथै हाइ अचिभमेन्ट म्यानेजरको अवार्ड एनएलजी इन्सोरेन्सका सिइओ सुनिल बल्लभ पन्तलाई प्रदान गरिएको थियो । संघले आउटस्ट्यान्डिङ म्यानेजिङ अवार्ड भने डा.मधु दिक्षित देवकोटालाई प्रदान गरिएको हो । यसैगरी लाइफटाइम कन्ट्रिब्युसन अवार्ड भने नेपाल व्यवस्थापन संघका पूर्वाध्यक्ष अजित नारायण सिंङ थापालाई प्रदान गरिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS