IME Life New

बंगलादेशः काल्पनिक जग्गामा बीमा कम्पनीकाे लगानी, खाल्डाे पुर्नका लागी माटाे समेत खरिद

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै। आवासीय ब‌ंगलादेशी मुख्य प्रवर्द्धक रहेकाे हाेमल्याण्ड इन्सुरेन्स लिमिटेडमा पनि संचालक समितिकाे मिलेमताेमा १ अर्ब बंगलादेशी टाका भन्दा बढीकाे घाेटाला भएकाे तथ्य इन्स्याेरेन्स न्युज बंगलादेशले सार्वजनिक गरेकाे छ। समाचारमा उल्लेख भए अनुसार हाेमल्याण्ड इन्स्याेरेन्सका संचालकले अस्तित्वमै नभएकाे जग्गामा लगानी मात्र गरेनन्, त्याे काल्पनिक जग्गाकाे खाडल पुर्नका लागी समेत कराेडाैंरूपैयाँकाे माटाे समेत खरिद गरेर जीवन बीमा काेषकाे रकम दुरूपयाेग गरेका छन् ।

बेलायतमा बसाेबास गर्ने गैरआवासीय ब‌ंगलादेशीले हुण्डीमार्फत् बंगलादेशमा लगानी भित्र्याएर बंगलादेशी नागरिककाे हैसियतबाटै बीमा कम्पनीमा लगानी गरेका थिए ।

Crest

सन् २००२ देखि २००९ काे बीचमा संचालक समिति र उच्च व्यवस्थापनकाे मिलेमताेमा यति ठूलाे वित्तीय घाेटाला भएकाे बाह्य लेखा परिक्षणका क्रममा खुलेपनि अझैसम्म पनि बंगलादेशी नियामकले संचालक र उच्च व्यवस्थापनसँग सर्वसाधारणकाे पैसा असुल उपर गरेकाे छैन । यसैगरी कर्मचारी र अभिकर्ताकाे नाममा शाखा कार्यालयहरुमा पेश्की तलब र कमिशन निकासा गरेर त्याे रकम नगदै झिकेर संचालक समिति र उच्च व्यवस्थापनले कुम्ल्याएकाे समेत इन्स्याेरेन्स न्युज बंगलादेशले रिपाेर्टमा उल्लेख गरेकाे छ।

ब‌ंगलादेशकाे बीमा नियामक कमजाेर हुँदा बीमा कम्पनीहरूमा माैलाएकाे भ्रष्टाचारका कारण अधिकांश पुराना बीमा कम्पनीहरू बीमितलाई दाबी भुक्तानी दिन नसक्ने अवस्थामा पुगेका छन्।

बीमितलाई बाेनश रकमसहित बीमा‌ंकवापतकाे रकम फिर्ता गर्ने भनेर कानूनीरूपमा करार सम्झाैता गरेका जीवन बीमा कम्पनीहरू वित्तीय अवस्था धराशायी भएकाे भन्दै दाबी भुक्तानीकाे भाका सार्दै आइरहेका छन् ।

हालै मात्र बंगलादेशकाे  बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) ने जीवन बीमा कम्पनी बैरा लाइफ इन्स्याेरेन्सकाे संचालक समितिलाई सबै अचल सम्पत्तिहरु बिक्री गरेर भएपनि बीमितकाे दाबी भुक्तानी फर्छ्याैट गर्नकाे लागी निर्देशन दिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS