काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल गठन भएको छ । विहिबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएसँगै उनले तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।
नवगठित मन्त्रिमण्डलमा मुख्यमन्त्री शाह सहित मन्त्री प्रकाश देउवा र नरेश कुमार शाही रहेका छन् । नेपाली काँग्रेसबाट मन्त्री बनेका देउवाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने एकीकृत समाजवादीबाट मन्त्री बनेका शाहिले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका शाह र मन्त्रीमा नियुक्त भएका देउवा र शाहिलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।