IME Life New

सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आइपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा यसअघि माघ २६ गतेसम्म विक्री अवधि तोकेकोमा फागुन ५ गतेसम्मको अवधि थप गरेको हो ।

कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने माघ १९ गतेसम्म ४ लाख ३६ हजार ८०० कित्ता शेयर विक्री गरिएको छ ।

Esewa
Crest

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल सी–आस्बा प्रणालीमार्फत मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS