Connect IPS
IME Life

शुभम पावरको आइपीओ बाँडफाँड सम्पन्न, नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आइईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान उक्त आइपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ ।

Prabhu
Crest

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।

आइपीओ नतिजा प्रकाशन भएपछि यी तीन तरिकाबाट हेर्न सकिनेछ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS