काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत पाएनन् । माघ २६ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागेका थिए । उक्त बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्तावमा बहुमतले अस्विकृत भएपछि रावल मुख्यमन्त्री पदबाट मुक्त भएका हुन् ।
प्रदेशसभाको बैठकमा लामो समयसम्म उनले सम्बोधन गर्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सुदूपश्चिमको विभिन्न क्षेत्रको बारेमा जानकारी गराउँदै उनले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । उनले राखेको प्रस्तावको पक्षमा हुन्छ भन्ने साँसदको संख्या एकदमै न्यून र हुँदैन भन्नेको संख्या धेरै भएपछि रावल मुख्यमन्त्री पदबाट मुक्त भएका हुन् ।
माघ २५ गते बस्ने भनिएको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टिका ७ जना साँसदले विश्वासको मत नदिने भनेपछि बैठक नै नबसि २६ गतेका लागि सरेको थियो ।