Connect IPS
IME Life

हिमालयन डिष्टिलरीले वितरण गर्न शुरु गर्यो नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरण शुरु गरेको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसर्थ बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश वितरण गरिएको हो ।

Prabhu
Crest

कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने पनि बताएको छ ।

साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका सदस्यहरूले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि वितरण गरिनेछ । पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले ६० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको थियो ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि मात्र वितरण गरिने छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS