IME Life New

हिमालयन डिष्टिलरीले वितरण गर्न शुरु गर्यो नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरण शुरु गरेको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसर्थ बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश वितरण गरिएको हो ।

Esewa
Crest

कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने पनि बताएको छ ।

साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका सदस्यहरूले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि वितरण गरिनेछ । पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले ६० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको थियो ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि मात्र वितरण गरिने छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS