Connect IPS
IME Life

मायाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको हो ।

आइपीओको नतिजा केहि समयपछि हेर्न सकिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिनेछ। जसअनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

मायाखोला हाइड्रोले माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS