Connect IPS
IME Life

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कुमार दसौदी निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका माधवप्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरेका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र वीर रायले १४४ मतभार प्राप्त गरेका छन् । यस उपनिर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहेका थिए ।

Prabhu
Crest

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्य तर्फ ८७ जना मतदाताले मतदान गरेका थिए । यस निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रति मतदाता ४८ मतभार रहने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS