Connect IPS
IME Life

राजनीतिक उतारचढाव सँगै सम्हालिन खोज्दै शेयर बजार, नेप्से सूचक ४.५७ अंकले सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक उचारचढाव सँगै शेयर बजारमा पनि तिब्र उतारचढाव देखिएको छ । राजनीतिक घटनाक्रम सँगै केहि हदसम्म शेयर बजार पनि सम्हालिन खोजिरहेको छ । अहिलेको राजनीतिक समिकरण बचाउने वा ढलगाउने भन्ने हात नेकपा एमाले र माओवादीको हातमा छ । यदि यि दुई सत्ता साझेदार सम्हालिन सके भने बजारले अर्को नयाँ दिशा तय गर्नेछ । यहि यि दुईको सत्ता साझेदार चाढै ढुङ्गियो भने बजार सुधार हुने सम्भावना धेरै न्युन छ । यसले गर्दा अनुमानका आधारमा लगानीकर्ताले शेयर खरिद बिक्री गरिरहेका छन् ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अधोगति सँगै उनको पार्टीबाट प्रतिनिधि रहेका मन्त्रीहरुले समेत राजिनामा बुझाएका छन् । तर अहिलेसम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

Prabhu
Crest

राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने वित्तीकै सत्ता गठबन्धननै परिवर्तन गर्नु पर्ने अवस्था आउनेछ । यसले गर्दा राष्ट्रपति चुनावसम्ममा सरकारकै आयुलाई लिएर विभिन्न आकलन सुरु भइसकेका छन् । नेकपा ऐमालेले सरकार टिकाउन सक्ला नसक्ला भन्ने बहस सुरु भइसकेको छ ।

यदि नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेर नेकपाल ऐमालेले सरकार छाड्यो भने अहिलेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल रहने छैनन् । अर्को तर्फ नेपाली कांग्रेस र नेकपा ऐमाले मिलेर सरकार गठन गरेका खण्डमा भने राजनीतिले अर्को मोड लिनेछ ।

यहि राजनीतिक गतिरोधका कारण केहि समयदेखि शेयर बजार लगातार घटिरहेको छ । अहिलेको सरकार गठन पछि सुधारिएको शेयर बजार सरकार नै धरमर्राउने अवस्था आए पछि पुनः घट्न थालेको हो । यस अवधिमा शेयर कारोबार ५ अर्ब नाघ्यो । तर कारोबार रकम लगातार तल झर्ने क्रममा आज सोमबार एक अर्ब ४७ करोडमा झरेको छ ।

सोमबार नेप्से सूचक ४.५७ अंकले सुधार भएर २१००.६५ अंकमा रोकिएको छ । आज १०४ कम्पनीको शेयर मूल्यमा सुधार आउदा ९५ कम्पनीको शेयर मूल्य भने घटेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । संस्थाको शेयर मूल्य २१२ रुपैयाँले बढेर २३३३ रुपैयाँ कायम भएको छ ।

बिकास बैंक, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, म्युचुअल फण्ड र व्यापरको सूचकमा गिरावट आएको छ भने बाँकी सूचकहरुमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS