Connect IPS
IME Life

सुपर मादीको आइपीओ बाँडफाँड सम्पन्न, नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपर मादी हाइड्रोपावरले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।

Prabhu
Crest

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरेको हो । यस हिसाबमा गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आइपीओको नतिजा भने केहि समयपछि हेर्न सकिनेछ । आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital,सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS