Connect IPS
IME Life

दोस्रो त्रैमासमा तेह्रथुम पावरको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९६ दशलमव १५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ दशमलव २५ प्रतिशत घटेर ८ करोड २७ लाख रुपैयाँमा सिमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

Prabhu
Crest

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ। ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको जगेडा कोष ९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २६ पैसा घटेर ३३ पैसामा सीमित भएको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS