काठमाण्डाै । दुबईकाे आबुधावीमा कार्यरत सिराहाका एक यूवकले भाग्यशाली चिठ्ठावापत ८२ कराेड नेपाली रुपैयाँ पुरस्कार हात पारेका छन् । बिग लटरीले जारी गरेकाे चिठ्ठाकाे भाग्यशाली विजेताकाे शुक्रबार छनाैट गर्ने क्रममा सिराहामा यूवक रंजीत कुमार पालकाे नाममा चिठ्ठा परेकाे हाे ।
खलिज टाइम्सका अनुसार २ कराेड ३० लाख दिरामकाे पुरस्कार राशीका लागी मंगलबार पालकाे नाम छनाैट भएकाे हाे । पाल कतारकाे दाेहामा रेमिट्यान्स कम्पनीका लागी काम गरिरहेकाे बताइएकाे छ ।