IME Life New

जीवन बीमा कम्पनीको पुस महिनासम्मको प्रथम बीमा शुल्क आर्जन १४ अर्ब १७ करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १४ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले पुस एक महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ मात्रै बीमा शुल्क बर्जन गरेका हुन् । गत मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । मंसिरको तुलनामा पुस महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमा उल्लेख्य सुधार गरेका छन् ।

पुस महिनासम्ममा कुल बीमा शुल्क आर्जन भने ७१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । मंसिर महिनासम्ममा कुल बीमा शुल्क आर्जन ५९ अर्ब ५१ करोड रुपैयाँ थियो । यसरी पुस एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल १२ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

पुस महिनासम्ममा सर्वाधिक धेरै नेपाल लाइफ २ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जवकी कम्पनीले पुस एक महिनामा मात्रै भने ४४ करोड ४२ लाख रुपैयाँ मात्रै आर्जन गरेको देखिन्छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले समिक्षा अवधिमा एक अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा पुस एक महिनामा मात्रै भने २९ करोड ३० लाख रुपैयाँ छ ।

तेस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले समिक्षा अवधिमा एक अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा पुस एक महिनामा मात्रै भने २९ करोड ६ लाख रुपैयाँ मात्रै छ । त्यस्तै चौथो नम्बरम रहेको सन नेपाल लाइफले पुस महिनासम्ममा ९६ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमाबाट प्रथम बीमा शुल्क आर्जन बढाइरहेको छ ।

सन नेपाल पछि पाँचौ नम्बरमा रहेको सिटिजन लाइफले पुस मसान्तसम्ममा ८७ करोड ९२ लाख आर्जन गर्दा एशियनको भने ७३ करोड ७२ लाख छ । यस पछि क्रमश रिलायबल नेपाल लाइफको ७२ करोड ७३ लाख, युनियन लाइफले ६६ करोड ६४ लाख, सूर्या लाइफले ६० करोड ७५ लाख, आइएमई लाइफले ६० करोड ५५ लाख, मेट लाइफले ६० करोड ३९ लाख, ज्योति लाइफले ४९ करोड २९ लाख, प्राइम लाइफले ४३ करोड ७२ लाख, रिलायन्स लाइफले ४३ करोड ७२ लाख, सानिमा लाइफले ४२ करवड ४ लाख, राष्ट्रिय बीमा संस्थानले ३५ करोड २१ लाख, प्रभु लाइफ ३० करोड ४५ लाख, महालक्ष्मी लाइफ २२ करोड ८० लाख, सूर्या लाइफ २१ करोड र गुराँस लाइफले १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS