IME Life New

पुर्वाञ्चल ल्यूब आयलमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने, गरे सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्ने भएको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतीपत्र प्राप्त अल्फा प्लस भेन्चर्स लिमिटेडले पिएलओ कम्पनीमा लगानी गर्नको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्स लिमिटेडको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले एक समारोह बिच हस्ताक्षर गरेका हुन् ।

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दे आएको नेपालको हाल एक अग्रणी ल्यु्रबीकेन्ट कम्पनी रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विभिन्न प्रकारका पिएलओ ब्राण्डको ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

Esewa
Crest

अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा नँया ल्यु्रबीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पिएलओ ब्राण्डका क्यूब्रीक्यान्टलाईहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि भई कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले अगाडी बढाउन सकी बिदेशबाट विभिन्न ब्राण्डको आयातीत क्यूब्रीक्यान्टलाई प्रतिष्थापन गर्दे नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको क्यूब्रीक्यान्टलाई प्रोत्साहन हुने कुरामा कम्पनी विश्स्वत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS