IME Life New

बिजबजारको माघ महिनाको २० मा बिज अभियान संचालन, ७०% छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा बिज नामक अभियान अन्तर्गतको माघ महिनाको अभियान माघ १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ भने अभियानका केही योजनाहरू माघ २२ गते सम्म लाइभ हुने कम्पनीले बताएको छ ।

यही माघ २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

Esewa
Crest

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस अभियान अन्तर्गतको Electronics, TV and Home Appliances: LOVE FOR GADGETS  योजनामा ६५ प्रतिशत सम्म, Apparel, Shoes , Men & Women: LOVE FOR FASHION योजनामा ७० प्रतिशत सम्म, Home Decor & Furniture: LOVE FOR COMFORT योजनामा ७० प्रतिशत सम्म, Health & Beauty: LOVE FOR SELF CARE योजनामा ६५ प्रतिशत सम्म र Valentine’s Special: LOVE FOR LOVED ONES  योजनामा ५० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै सेवाग्राहीहरूले माघ २० गते रु १,५०० वा सो भन्दा बढी रकम बराबरको खरिदमा काठमाण्डौँ उपत्यका भित्र निस्शुल्क डेलिभरी प्राप्त गर्न सक्नेछन् भने माघ २० र २१ गते प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिज बजार अनलाइफ सपि एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै http://www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS