Connect IPS
IME Life

कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँड, नतिजा यी चार तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज बिहिबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आइपीओमा कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ ।

Prabhu
Crest

त्यस्तै, माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओको नतिजा भने केहि समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ। जसअनुसार बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट https://nabilinvest.com.np, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.npर कालिन्चोक दर्शन लिमिटेडको वेबसाइट https://kalinchowkdarshan.com.npबाट हेर्न सकिने छ ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS