काठमाडौं । पूर्वाञ्चल ल्यूब आयल (पीएलओ) लिमिटेडले सर्वसाधरणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले ५ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।
उक्त सम्झौतापत्रमा आज बुधबार हस्ताक्षर भएको छ । पूर्वाञ्चल ल्यूब आयलका तर्फबाट प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभू क्यापिटलका तर्फबाट प्रवन्ध सञ्चालक दीनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सुन्दरहरैचा ९ मोरुङ बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्यूब आयलले बिगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा विक्री गर्दै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र ५ हजार भन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् ।