IME Life New

सुमेरु सेक्युरिटिज र आईएएफएसले निःशुल्क शेयर शिक्षा दिने, गरे सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुमेरु सेक्युरिटिज र आईएएफएसले लगानीकर्ताहरुलाई निःशुल्क शेयर शिक्षा प्रदान गर्ने भएका छन् । सुमेरु सेक्युरिटिज र आईएएफएसले यस सम्बन्धी आज सहकार्यको सम्झौता गरेका हुन् । बजारमा स्टक ब्रोकर नं ३९ ले परिचित सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क शेयर शिक्षा तथा शेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्।

Esewa
Crest

कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए । यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।

आईएएफएसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए।

असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको छ।

आईएएफएसले सरस्वती पूजाको अवसर पारेर माघ १२ गते आफ्नो कार्यालय उट्घाटन गरेको थियो। काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावर (सुमेरु सेक्युरिटिज रहेको भवन) को चौथौ तल्लाको कार्यालयको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरेका थिए।

कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, पूर्वअध्यक्ष अम्बिका पौडेल, ग्लोबल आइएमई क्यापिटका सीईओ पारसमणि ढकाल, गरिमा क्यापिटलका सीईओ निर्मल भट्टराई, नबिल इन्भेस्ट्मेण्टका सीईओ मनिष नारायण जोशी, शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, लगानीकर्ता दिपेन्द्र अग्रवाल , मुक्ति अर्यालय, अतित लाल श्रेष्ठ ,रोहन कार्की लगायत लगानीकर्ताको उत्साहजनक उपस्थिति थियो।

तालिम लिन इच्छुक लगानीकर्ताले यस आईएएफएसको कार्यालय फोन नम्बर ०१५९७०४३९ वा इमेल [email protected] मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS