Connect IPS
IME Life

नेप्सेमा सामान्य बृद्धि, १ अर्ब ७६ करोडको कारोबार हुँदा नेपाल बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९७ अंकले बढेर २,११६ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ९३ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभनदा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । यस कम्पनीको शेयर हिजो पनि १० प्रतिशतले नै बढेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् । इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ७४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS