काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत माघ १६ गते आइपीओ निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएको हो ।
कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको गत कात्तिक २३ गते सम्पन्न वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।