काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दोल्ती पावर कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ ।
त्यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीललाई पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्काशन गर्नेछ ।
दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।