काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ७ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो ।
हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको खातामा यहि माघ ५ गतेदेखि नगद लाभांश जम्मा गर्न थालिएको कम्पनीले जनाएको छ । साथै शेयर धितो राखेका शेयरधनीको हकमा भने सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्न अनुरोध गरेको छ ।