काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावरलाई हकप्रद शेयर निष्काशन गर्नका लागि पुर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न थालेको हो ।
हाल सिनर्जीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर मार्फत ४० करोड रुपैयाँ पूँजी जुटाउनेछ । विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशन गर्नु पर्व स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । आयोगले स्वीकृति दिए सँगै कम्पनीले साधारणसभा मार्फत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नु पर्नेछ । सभाले पारित गरे सँगै नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति लिनु पर्नेछ ।