IME Life New

आइएमई लाईफकाे बीमितले २० वर्षमा रु‍. २४ लाख जम्मा गर्दा २२ लाख मात्र हात पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । आइएमई लाईफ इन्स्याेरेन्सकाे जीवन बीमा बजारमै खराबमध्येकाे बाेनश दरका कारण बीमितले दुई दशकपछि लगानी फिर्ता पाउँदा आफूले जम्मा गरेकाे बीमाशुल्कभन्दा पनि थाेरै रकम भुक्तानी पाउने भएका छन् ।

आइएमई लाईफले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७८।७९ काे घाेषित बाेनश दर अनुसार वार्षिकरुपमा बीमा‌ंककाे निश्चित प्रतिशत रकम फिर्ता पाउने सुविधा भएकाे धन सरिता वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा याेजनाकाे बाेनश दर जम्मा २० रूपैयाँ रहेकाे छ । कम्पनीले सर्वाधिक बिक्री गरेकाे बीमा याेजनाहरूमध्ये दाेश्राे ठूलाे हिस्सा ‍ओगटेकाे याे बीमा याेजना अन्तर्गत पाँच वर्षदेखि २० वर्षसम्मका लागी बिक्री गरिरहेकाे याे बीमालेखमा बीमितले जतिसुकै लामाे अवधिका लागी बीमाशुल्कवापतकाे रकम लगानी गरे पनि प्रति हजार बीमा‌ंकमा प्रति वर्ष जम्मा रू.२० प्राप्त गर्नेछ ।

Esewa
Crest

उदाहरणका लागी ४० वर्षे उमेरकाे कुनै व्यक्तिले २० वर्षे अवधिका लागी बीमा‌ंककाे ५ प्रतिशत रकम वार्षिक रूपमा फिर्ता पाउने गरी ५० लाख रूपैयाँ बीमांककाे धन सरिता बीमा याेजना गरायाे। उसकाे उमेरकाे आधारमा वार्षिक बीमाशुल्क किस्ता रकम ३ लाख ५८ हजार ४८१ रूपैयाँ ताेकिएकाे छ । दाेश्राे वर्षदेखि बीमितले (अभिकर्ताकै सुझाव र याेजना अनुसार) वार्षिक अग्रिम भुक्तानीवापत प्राप्त हुने रकम ५० लाख रूपैयाँकाे ५ प्रतिशत अर्थात् २ लाख ५० हजार रूपैयाँ आफूले तिर्नुपर्ने किस्ता रकममै समायाेजन गरिदिन अनुराेध गर्छ । बीमितले ५ प्रतिशत फिर्ता रकमकाे समायाेजनपछि दाेश्राे वर्षदेखि १९ वटा किस्ताका लागी वार्षिक १ लाख ८ हजार ४८१ रुपैयाँ भुक्तानी गर्दैजान्छ । यसरी २० वर्षकाे अवधिमा बीमितले २० लाख ६१ हजार १३९ र पहिलाे वर्षकाे किस्तावापत भुक्तानी गरेकाे रु‍ ३ लाख ५८ हजार ४८१ रुपैयाँ समेत जम्मा २४ लाख १९ हजार ६२० रुपैयाँ आइएमई लाईफलाई भुक्तानी गर्नुपर्छ । याे गणना थियाे बीमितले बीमा गर्दा वास्तवमा भुक्तानी गर्नुपर्ने कूल बीमाशुल्क रकम ।

अब हेराै‌ं, यही उदाहरण अनुसार बीमितले आर्थिक वर्ष २०७८।७९ काे घाेषित बाेनश दर अनुसार २० वर्षपछि बीमा कम्पनीबाट कति रूपैयाँ फिर्ता भुक्तानी पाउनेछ?  २० ‌‍‍औं किस्ता भुक्तानी गरिसकेपछि बीमितले २१ औं वर्षकाे प्रारम्भमा ५० लाख रूपैयाँ बीमांकमा लिन बाँकी रहेकाे ५ प्रतिशत रकम अर्थात् २ लाख ५० हजार रूपैयाँ र बाेनश वापत २० वर्षकाे एकमुष्ठ २० लाख रूपैयाँ बाेनश सहित जम्मा २२ लाख ५० हजार रूपैयाँ फिर्ता पाउनेछ।

आर्जित बाेनश कसरी गणना हुन्छ ?

तपाईले जति बीमा‌ंक (रकम)काे जीवन बीमा गर्नुभएकाे छ, त्याे बीमांकलाई एक हजारले भाग गरेर वार्षिक बाेनश दर र बीमा अवधिले गुणन गरेर प्राप्त हुने प्रतिफल नै कूल आर्जित बाेनश रकम हाे । यहाँ माथि दिइएकाे उदाहरणकै आधारमा रू. ५०,००,००० लाखकाे बाेनश रकम गणना गर्दा पुछारकाे तीनवटा शुन्य झिकेर बाँकी रहने अंक ५००० मा घाेषित बाेनश दर रू. २० ले गुणन गर्नुहाेस् । यसरी गुणन गरेपछि प्राप्त हुने प्रतिफल एक वर्षकाे बाेनश रकम हाे । एक वर्षकाे बाेनश रकम अर्थात् कूल वार्षिक बाेनश रकमलाई पुनः बीमा अवधि अर्थात् २० वर्षले गुणन गरेपछि २० वर्षकाे अवधिमा प्राप्त हुने कूल बाेनश रकमकाे गणना प्राप्त हुन्छ । वार्षिक घाेषित बाेनश दर जीवन बीमा कम्पनीले प्राप्त गर्ने प्रतिफलका आधारमा थप घट भइरहन्छ । नेपालमा केही जीवन बीमा कम्पनी न्यूनत्तम बाेनश दर ओरालाे लाग्न नदिन आफ्नाे बाेनश दरलाई स्थिर राख्ने रणनीति अपनाएकाे पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

25%
sad

दु :खी

12%
amazed

अचम्मित

8%
excited

उत्साहित

49%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS