काठमाडौं । अपि पावर कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । विद्युत नियमन आयोगको माघ १२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजानका लागि पूर्व स्वीकृति दिएको हो।
कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । अब कम्पनीको साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।
कम्पनीले १ः ०४० को अनुपातमा १ सय रुपैयाँ अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।