काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४ दशमलव ६८ अंकले घटेर २,१६८ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज ४८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ८२ लाख ७६ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१६ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज हिमालयन उर्जा विकास कम्पनीको ९ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । इष्र्टन हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सूर्याज्योति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।