काठमाडौं । रबि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वाेच्चको आदेशपछि लामिछाने नागरिकता लिन प्रक्रिया पूरा गर्ने तयारीमा जुटेका हुन् ।
लामिछानेको नागरिकता अवैधानिक भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न सर्वाेच्चले आदेश दिएको थियो । सोहि अनुरुप उनले अमेरिकी नागरिकता त्यागेको पुष्टि हुने कागजातसहितको डकुमेन्ट समावेश गरि उनी जिल्ला प्रशासन पुगेका हुन् । उनले नियमित प्रक्रियाबाट नागरिकता लिने तयारी गरेका छन् ।
उनले अमेरिकी नागरिकता त्यागेर पुरानो नेपाली नागरिकता आफूखुशि प्रयोगमा ल्याएका थिए । तर अमेरिकी नागरिकता लिइसकेपछि नेपाली नागरिकता स्वत खारेज हुने प्रावधान रहेको छ ।
लामिछानेले नेपाली नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया पुरा नगरेको भन्दै उनीविरुद्ध मुद्धा परेको थियो । सर्वाेच्चले उनी विरुद्ध परेको मुद्धाको फैसला गर्दै साँसद पद बदर गरिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष समेत रहेका लामिछानेले चितवन २ बाट साँसद पदमा विजयी भएका थिए । सर्वाेच्चको आदेशसँगै उनी यी सबै पदबाट पदमुक्त भएका थिए ।