IME Life New

साविक सूर्या लाइफको बोनसदर सार्वजनिक : न्युनतम ४० देखि अधिकतम ९० रुपैयाँसम्म, कुन पोलिसीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा बीमितका लागि नयाँ बोनसदर घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका बीमा कम्पनीले मर्जर हुनु भन्दा अगाडीको वित्तीय विवरणदेखि लिएर बोनसदर छुट्टा छुट्टै सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिदिएको छ । कम्पनीले गत पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । अव पुस ७ गते भन्दा अगाडिको व्यवसाय, लेखापरीक्षण प्रतिवेदन, एक्चुरियल मूल्याङ्कन छुट्टा छुट्टै पर्नु पर्छ ।

साविक सूर्या लाइफका बीमितले न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म प्राप्त गरेका छन् । ९ वर्षसम्मको बीमा पोलिसी खरिदकर्ताले प्रतिहजार ४० रुपैयाँ प्राप्त गरेका छन् भने ३० वर्ष भन्दा लामो अवधिको बीमा पोलिसी खरिदकर्ताले भने गत आर्थिक वर्षका लागि प्रतिहजार ९० रुपैयाँ प्राप्त गरेका हुन् । तर यस अवधिको पोलिसी खरिद कर्ता जम्मा २/३ जना मात्रै छन् ।

Esewa
Crest

सावधिक बीमालेख

न्युनतम ९ वर्ष अवधिसम्मको सावधिक बीमालेख खरिदकर्ताले गत आर्थिक वर्षका लागि प्रतिहजार ४० रुपैयाँ प्राप्त गरेका छन् । यस्तो पोलिसीखरिदकर्ताको संख्या जम्मा ४४२ जना मात्रै छन् । त्यस्तै क्रमश १० देखि १४ वर्षका लागि प्रतिहजार ४१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ, ३० वर्ष भन्दा माथिका लागि प्रतिहजार ७० रुपैयाँ रहेको छ ।

सावधिक तथा आजीवन

न्युनतम ९ वर्ष अवधिसम्मको सावजधिक तथा आजीवन बीमा पोलिसी खरिदकर्ताले गत आर्थिक वर्षका लागि प्रतिहजार ४० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । त्यस्तै यहि बीमा पोलिसी १४ वर्षसम्मकाले ४२ रुपैयाँ, १९ वर्षसम्मकाले ४६ रुपैयाँ, २४ वर्षसम्मका लागि ५६ रुपैयाँ, २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

अग्रिम भुक्तानी सावधिक

यस्तो बीमालेख पोलिसी १९ वर्षअवधिसम्मका बीमितले ४२ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २० वर्षदेखि २४ वर्ष अवधिसम्मका बीमितले ५२ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिको पोलिसी खरिद कर्ता नै छैनन् । कम्पनीले १५ वर्षदेखि १९ वर्ष अवधिको यस्तो बीमा पोलिसी ९ हजार २७७ वटा बिक्री गरेको छ । यस्तो समुहकाले जम्मा प्रति हजार ४२ रुपैयाँ मात्रै प्राप्त गर्ने छन् ।

चौरासी पुजा नियमित भुक्तानी

साविक सूर्या लाइफले यो बीमा पोलिसी खरिद कर्तालाई न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म दिएको छ । जसमा १० देखि १४ वर्ष अवधिका बीमितले ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ले ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिकाले ६५ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले प्रतिहजार ७० रुपैयाँ प्राप्त गरेका छन् ।

चौरासी पुजा एकल भुक्तानी

सूर्या लाइफले चौरासी पुजा एकल भुक्तानी बीमालेखमा न्युनतम ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनसदर दिएकव छ । १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले प्रतिहजार ७५ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै १५ देखि १९ वर्ष अवधिका बीमितले प्रतिहजार ८० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका बीमितले ८५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका बीमितले ९० रुपैयाँ र ३० वर्ष भन्दा माथि अवधिका बीमितले प्रतिहजार ९० रुपैयाँ प्राप्त गरेका छन् । जवकी प्रतिहजार ९० रुपैयाँको लाभ लिने बीमितको संख्या जम्मा २ जना मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS