IME Life New

अहिलेको शेयर बजारको मुख्य प्रतिरोध विन्दु कति ? यो प्रतिरोधको लाभ बजारले पाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निकै छोटो समयमा २२ सय पुगेको बजार एक दिन मात्र २२०० भन्दा माथि बन्द भएको छ । तरलता सहज भएको अवस्था, व्याज दरमा गिरावट र पूँजी बजार मैत्री अर्थमन्त्रीको कारणले गर्दा बजारले छोटो समयमै राम्रो र्याली समातेको थियो । पुष २५ गतेका दिन नेप्से परिसूचक २२११ विन्दुमा बन्द भयो । २२११ विन्दुमा बन्द भएको अर्को दिन नेप्से परिसूचक ईण्ट्राडेमा २२७७ को उच्च विन्दुसम्म पुगे पनि बजार बन्द हुँदा  २१९० को विन्दुमा आएर बन्द भएको थियो ।

त्यसपछिका कारोबार दिनमा पटक पटक बजार ईण्ट्राडेमा २२०० सम्म पुगे पनि बजार बन्द हुँदा २२०० विन्दु मुनी नै आएको देखिन्छ ।

Esewa
Crest

यो साताको अन्तिम कारोवार दिन अर्थात माघ १२ गते नेप्से परिसूचक ईण्ट्राडेमा २२०१ को विन्दुसम्म पुगे पनि बजार बन्द हुँदा २१८३ मा बन्दभएको छ । माघ ११ गते ईण्ट्राडेमा २१९९ सम्म पुगेको बजार बन्द हुँदा २१८३ मा बन्द भएको थियो । माघ ९ गते ईण्ट्राडेमा २२०३ पुगेकोमा बन्द हुँदा २१६५ मा बन्द भयो । माघ ४ गते ईण्ट्राडेमा २२१४ पुगेको बजार बन्द हुँदा २१७३ मा बन्द भयो । माघ २८ गते ईण्ट्राडेमा २२३७ पुगेको बजार बन्द हुँदा २१४९ मा बन्द भयो ।

त्यसैले यो दश कारोवार दिनको हिसाब गर्दा २२०० को क्षेत्रलाई तोड्न बजारको प्रमुख लक्ष्य हुने देखिएको छ ।

अगष्ट पहिलो सातामा पनि बजार यही विन्दुलाई त्यो बेलाको हाई मान्दै फर्किएको थियो । सोही कारणले पनि चार्टमा २२०० को क्षेत्रमा स्पस्ट प्रतिरोध देखिन्छ । त्यस्तै २२०० को क्षेत्र मनोवैज्ञानिक प्रतिरोध क्षेत्र पनि रहेको छ ।

लगानीकर्ताहरु २२०० पुग्ने वित्तिकै शेयर बेच्ने गरेको ट्रेन्ड देखिँदै आएको छ । २२०० बाट बजार फर्किने क्रममा धेरै ठूलो गिरावट भने आएको छैन । बजार २२०० को थोरै विन्दु मुनी नै बन्द भैरहेको छ । त्यसैले बजारलाई यो क्षेत्र ब्रेक गर्न प्रतिरोध भए पनि केही सकारात्मक कुरा आउने वित्तिकै यो क्षेत्र सजिलै तोडिने र यो क्षेत्र बलियो टेवा बन्ने जानकार बताउँछन् ।

खराब कर्जा वृद्धिको कारणले गर्दा वाणिज्य बैंकको नाफामा दवाव परेको र लगानीकर्ताले सोचे जस्तो दोश्रो त्रैमासको रिपोर्ट आउँन नसकेको कारणले गर्दा सबै भन्दा ठूलो बजार पूँजीकरण भएको क्षेत्र वाणिज्य बैंकको शेयरको भाउ बढ्न नसक्दा पनि बजारलाई २२०० को विन्दु तोड्न केही अप्ठेरो परेको देखिन्छ । निक्षेपको व्याजदर माघ महिनाका लागि केही घटे पनि कर्जाको व्याज नघटेको समाचार आएसँगै लगानीकर्ताहरु उत्साहित नभएको पनि देखिन्छ । कर्जाको व्याज एकै पटक घट्ने होइन, निक्षेपको व्याज घट्दै जाने अनि घटेको निक्षेपको व्याजले आधारदर घटाउने अनि मात्र कर्जाको व्याज घट्ने गर्छ । व्याज दरको चक्रले यही भन्छ ।

बजारले अहिलेको क्षेत्रलाई तोडेर  माथि जाँदा बजारलाई कति राम्रो ?
प्रतिरोध तोडिएर बजार माथि गएमा त्यो सपोर्ट हुन्छ । प्रतिरोध जति बलियो हुन्छ तोडिएमा त्यो त्यति नै बलियो सपोर्ट पनि हुने गर्छ । बजार राम्रो कारोवार रकममा साथ २२०० को क्षेत्र माथि केही दिन बस्न सकेमा बजारले यो क्षेत्रलाई बलियो टेवाको रुपमा ग्रहण गर्ने देखिन्छ ।

(नोट : यो समाचार उपलब्ध तथ्याङ्क र प्राविधिक विश्लेषणको सामान्य सिद्धान्तलाई आधार मानेर गरिएको हो । यो समाचार शेयर खरिद बिक्री गर्ने निर्णयको लागि लेखिएको होइन। ) 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS