Connect IPS
IME Life

खल्तीले पुरा गर्यो स्थापनाको छैठौं वर्ष, दुई सब्स्क्रिप्शन प्लान बजारमा ल्याँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खल्ती एपले माघ १२ गते आज आफ्नो छैठौं वार्षिकोत्सव मनाइरहेको छ । नेपालीहरूको सामान्य भुक्तानी आवश्यकताहरूमा योगदान पुर्याउदै २०१७ मा डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले आज आफ्नो छौंठौं वार्षिकोत्सव मनाइरहेको छ । कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट, र व्यापारीहरूलाई खल्तीले आभार व्यक्त गरेको छ ।

छैठौं वर्षको उपलब्धिलाई मनाउँदै खल्तीले ‘के छ, खल्ती छ’ भनि सन्देश सामाजिक संजालमा प्रचार गरेको छ । यस लगतै खल्तीले माघ १८ मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउदैंछ । यस प्लान अन्तर्गत अझै विशेष अफर र सुविधा प्रधान गरिने छ। साथै, खल्तीले विभिन्न सझेधारसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभआवे पनि ल्याएको जनाएको छ ।

Prabhu
Crest

खल्ती एपलाई सबै उमेर समूहका मानिसलाई फाइदा पुग्ने ‘लाइफ स्टाइल ब्राण्ड’ बनाउने लक्ष्यमा पनि अघि बढिरहेको छ । यस लक्ष्यमा पुग्न खल्तीले केहि महिना अघि ‘खल्ती कुइज’ सुरु गरेको थियो। दैनिक ९,००० सक्रिय प्रयोगकर्ताहरूले कुइज खेली आफ्नो समय बिताउन र अफर तथा कुपनमा थप फाइदाहरू लिन सक्ने गरि विभिन्न उमेरका प्रयोगकर्तालाई उपयुक्त हुने गरि यो सुविधा ल्याइएको हो।

आफ्नो लक्ष्यमा अघि बढ्दै खल्तीले विभिन्न चलचित्र, चलचित्र हलहरू र कार्यक्रम टिकट को लागि विशेष रूपमा साझेदारी गरेको छ । यस प्लेटफर्महरूलाई सबैभन्दा बलियो माध्यम बनाउने क्रममा खल्तीको नयाँ आविस्कार, ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ सुरु गरिएको हो। खल्ती आफैंले पनि २०१७ मा क्यान इन्फो–टेक मार्फत यसको सुरुवात गरेको थियो र त्यो विशेष कार्यक्रममा टिकटहरूमा आफ्नो विज्ञापनहरू राख्दै पहिलो पहिचान बनाएको थियो।

वार्षिकोत्सव बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “डिजिटल वित्तीय सेवाहरूको साथ नेपाली जीवनलाई छुने र परिवर्तन गर्न पाउँदा हामी गर्व गर्छौं। तपाईंको निरन्तर सहयोग र विश्वासको आशा गर्दै हामी आज भन्दा भोलि राम्रो गर्दै जने प्रेरणा लिईरहने छौँ। हामी तपाईंको सुविधा र आनन्दको लागि तपाईंलाई थप नवीन र प्रभावकारी सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं।”

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS