IME Life New

मन्दाकिनी हाइड्रोपावरको नगद लाभांश वितरण शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत गरी ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । उक्त लाभांश कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सोही नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले चुक्तापूँजी ५८ करोड ८० लाख ३६ हजारको आधारमा पहिलो पटक लाभांश वितरण गरेको हो । यस कम्पनीले गत साउनमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो ।

Esewa
Crest

नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा गर्न शुरु गरिएकाले आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न कम्पनीले जनाएको छ ।

हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिकपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको दिनभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूले नो अब्जेक्सन लेटर अर्थात् बुक क्लोजको अघिल्लो दिनभन्दा पछि कर्जा चुक्ता गरेका सदस्यहरूले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS