काठमाडौं । बैंकिङ तरलता सहज हुने संकेत सँगै शेयर बजारमा सुधार देखिन थालेको छ । अवको दिनमा सरकारले चालु खर्च बढाउदै जानेछ । यसले गर्दा बजारमा पैसा आउने भन्दै लगानीकर्ता हौसिएका हुन् । व्याजदर र करको चपेटामा समेत बढेको शेयर बजार माघ पहिलो साता भने केहि तल झर्यो । तर हिजो सोमबारदेखि भने पुनः सुधारको लयमा फर्किएको छ ।
नेपाल राष्ट्र बैंकले अल्पकालिन तथा दीर्घकालिन तरलताको समाधानका लागि अर्थमन्त्रालय सँग निरन्तर समन्वय गरिरहेको छ । बैंकहरुले माघ महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् । यसको प्रभाव आगामी महिनामा बैकहरुको आधार व्याजदरमा देखिनेछ । आधार व्याजदर घट्न थाले पछि कर्जाको व्याजदरमा पनि गिरावट आउनेछ । जुन शेयर बजारका लागि सकारात्मक संकेत हो ।
सोमबार नेप्से सूचक १०.३७ अंकले सुधार देखिएको छ । हिजो सोमबार अन्तिम समयमा सुधार भएको थियो । त्यसको निरन्तरता आज पनि भएको छ । सोमबार सूचक सँगै कारोबार रकम पनि बढेर तीन अर्ब ४६ करोड नाघेको छ ।
आज १५९ कम्पनीको शेयर मूल्यमा सुधार आउदा ४६ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सानिमा जिआइसीको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । तीन कारोबार दिनदेखि लगातार सर्किट लाग्दै आएको छ ।
सर्वाधिक धेरै नेशनल हाइड्रोपावरको १० करोडको कारोबार भएको छ । बाणिज्य बैंक, फाइनान्स र अन्य सूचक बाहेक सबै सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।