Connect IPS
IME Life

बीमा कम्पनीहरू व्यवसायीक नभई सेवामुखी हुनुपर्नेः दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष थापा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा प्राधिकरणले देशको विभिन्न ठाउँ, पालिका, नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यससँगै नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १० गते मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए । अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पु-याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्न प्राधिकरणसँग आग्रह गरे ।

Prabhu
Crest

दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्न आग्रह गरे । साथै, उनले गाउँपालिकावासीलाई बीमा सम्बन्धी आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गगरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS