Connect IPS
IME Life

शेयर बजारमा करेक्सन कायमै, १३ अंकले घट्दा तीन अर्ब ८६ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा साढे तीन सय अंकको सुधार पछि भइरहेको करेक्सनले आज पनि निरन्तरता पाएको छ । नयाँ सरकार गठन प्रकृयाँ सुरु भए सँगै साढे तीन सय अंकको सुधार हुँदा नेप्से परिसूचक अधिकतम २२११ अंकसम्म पुग्यो ।

एक चरणको राजीनितिक डिस्कोर्स पुरा भए सँगै करेक्सन सुरु भएको थियो । यस अवधिमा अर्थमन्त्री र गभर्नरले बैंकिङ तरलता अभावको अवस्थालाई छोपछाप गर्न खोजे पनि खासै सुधारको गति लिन सकेको छैन । राष्ट्र बैंकले कर मार्फत बाहरिएको रकमलाई रिपो मार्फत प्रतिस्थापन गर्न खोजे पनि बजारमा नयाँ तरलता आउन सकेको छैन । बैंकहरु अलिक कति मात्रै पनि कर्जा प्रवाहमा आक्रामक भए भने तरलता अभावको श्रृङ्खला अझै चुलिनेछ । यसले गर्दा पनि शेयर लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन ।

Prabhu
Crest

सोमबार नेप्से सूचक १३.७१ अंकले घटेर २१६५ अंकमा झरेको छ । जुन पछिल्लो अल्पकालिन बुलको अधिकतम विन्दुबाट जम्मा ४६ अंकको करेक्सन हो । आज तीन अर्ब ८६ करोको कारोबार भएको छ । त्यस्तै १६६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ४१ वटामा सुधार देखिन्छ ।

आज ५ कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । बाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक सम्पुर्ण सुचक तथा उपसूचकमा गिरावट आएको छ । विकास बैंक होटल हाइड्रोपावरको सूचक सबैभन्दा तल झरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS