IME Life New

किडजीद्धारा बाल सुरक्षा सम्बन्धी “आई केयर” सेमिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियामा व्यापक रूपमा रहेको प्रि–स्कूल चेन किडजीले २१, जनवरी २०२३ शनिबारका दिन काठमाडौंमा बाल सुरक्षा सम्बन्धी सेमिनार “आई केयर” को आयोजना गरेको छ । ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा, काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि स्कूलका प्रिन्सिपलहरूलाई आमन्त्रित गरिएको थियो । कार्यक्रमका मुख्य वक्ता, किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले, विद्यार्थीहरूलाई सिकाउदा उनीहरुको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरामा किड्जी विस्वस्त रहेको जानकारी गराए ।

किडजीले बाल दुर्व्यवहार विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूका बारेमा दर्शकहरूलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुर्व्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा आई केयरको सुरुवात गरेको हो । बाल दुर्व्यवहारका मुख्य चार प्रकारहरू शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, उपेक्षा र यौन दुर्व्यवहार हुन् ।

Esewa
Crest

किड्जीले २ हजारभन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन–पोषण गरेको छ र १ लाख न्दा बढी शिक्षकहरूलाई तालिम दिएको छ । नेपालका ५ प्रमुख शहरका १३ स्थानमा किडजी को उपस्थिति बढ्दो क्रममा छ । २० वर्ष भन्दा बढीको विरासत रहेको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी किडजी“बाल्यकालको लागि के सही छ भन्ने सिद्धान्त”द्वारा निर्देशित रहेको बच्चाहरु सिक्ने र बढ्ने सुरक्षित ठाउँ हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS