IME Life New

एनआइसी एशिया बैंककाे डिजिटल बैंकिङमा समस्या, ग्राहकलाई समय र ब्याज दुबैकाे घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एनआइसी एशिया बैंककाे विद्युतीय भुक्तानी सेवा ( इन्टरनेट बैंकिङ, माेबाइल बैंकिङ र कार्डलेस विथड्रअल) भरपर्दाे नहुँदा उपभाेक्ताले समस्या र ब्याज घाटा दुबै व्यहाेर्नुपरेकाे छ । ग्राहक संख्या वृद्धिकाे तुलनामा बैंकले आवश्यक प्राविधिक समर्थन र जुटाउन नसक्दा यसका ग्राहकले नगदरहित भुक्तानीमा समस्या व्यहाेर्नु परिररहेकाे छ ।

केही समययता वालेटमा फण्ड लाेड नहुने समस्या देखिएकाे छऽ एकजना पीडित ग्राहकले खाताबाट रकम काटेपनि वालेटमा ब्यालेन्स देखि‌ंदैन, गुनासाे गरेकाे तीन दिनपछि बल्लतल्ल रकम बैंक खातामा बैंकले फिर्ता गरिदिन्छ। खाताकाे रकम हराएकाे तीन दिनसम्मकाे ब्याज नाेक्सानी पनि हामी उपभाेक्ताले नै व्यहाेर्नुपर्ने ?

Esewa
Crest

विशेषगरी सप्ताहन्त वा सार्वजनिक बिदाकाे दिन पूर्व यस्ताे समस्या तुलनात्मकरूपमा बढी देखिने गरेकाे एनआइसी बै‌ंकका ग्राहकले गुनासाे गरेका छन् । एटिएममा कार्डलेस विथड्रअलका लागी काेड हाल्न नपाउँदै एक्सपायर्ड देखियाे, अर्का एक पीडित ग्राहकले गुनासाे गर्दै भने,तर रकम झिकिनसक्दै खाताकाे ब्यालेन्स घट्याे । पटक पटक गुनासाे गर्दा दुई दिनपछि बल्ल पैसा फिर्ता पाएँ ।

इन्टरनेट बै‌ंकिङ(आइ टच) बाट डिजिटल वालेटमा लाेड गरेकाे रकम लाेड नभएर बीचमै हराउने माेबाइल बै‌ंकिङ एप्स ढिलाे गरी खुल्ने वा बगकाे समस्याले बन्द हुने र एटिएम मेशिनबाट एटिएम कार्डकाे प्रयाेग बिना नै कार्डलेस विथड्रअल गर्दा क्यास झिक्न नपाए पनि खाताबाट रकम माैज्दात घट्ने गरेकाे समस्या प्रायः ग्राहकले व्यहाेर्नुपरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%
happy

खुसी

12%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

58%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS