Connect IPS
IME Life

आज अन्तिम दिनसम्म कालिञ्चोक दर्शनको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आइपीओमा १ अर्ब ६६ करोड बराबरको आवेदन परेको छ । सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार आज शुक्रवार १ः३५ बजेसम्ममा १४ लाख ३२ हजार ८८१ जना आवेदकले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका हुन । यो आवेदन माग भन्दा १८ दशमलव ५२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । आइपीओ निष्काशनका लागि कम्पनीले गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

Prabhu
Crest

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गरेको थियो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँड गरी बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS