काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले १०० अंकित दरका ३९ करोड ५० लाख रकम बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।
जसका लागि कम्पनीले विक्री प्रबन्धकमा सम्भलौता गरेको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरे ।
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।