काठमाडौं । यो साता सर्वाधिक शेयर मूल्य वृद्धि हुने कम्पनीको सूचीमा जलविधुत् कम्पनीहरु रहेका छन् । यो साता ग्रीन भेन्चर्सका शेयरधनीले सर्वाधिक कमाएका छन् । यो साता ग्रीन भेन्चर्सको शेयर मूल्य २९ दशमलव १० प्रतिशतले बढेको छ । गत साता ३७८ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता ४८८ रुपैयाँमा बन्द भएको छ । एक सातामा कम्पनीको शेयर मूल्य ११० रुपैयाँले वृद्धि भएको छ । यो साता तीन दिन मात्र शेयर कारोबार भएको छ । माघ १ र २ गते सार्वजनिक बिदा हुँदा माघ ३,४ र ५ गते मात्र शेयर कारोबार भएको हो ।
त्यस्तै दोश्रोमा पिपुल्स हाइड्रोपावरको शेयर मूल्य २७ दशमलव ७८ प्रतिशतले बढेको छ । गत साता २७० रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता ३४५ रुपैयाँमा बन्द भएको छ । एक सातामा कम्पनीको शेयर मूल्य ७५ रुपैयाँले वृद्धि भएको छ ।
त्यस्तै तेश्रोमा बाराही हाइड्रोपावरको शेयर मूल्य २१ दशमलव ८७ प्रतिशतले बढेको छ । गत साता ३४३ दशमलव ९० रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता ४१९ दशमलव १० रुपैयाँमा बन्द भएको छ । एक सातामा कम्पनीको शेयर मूल्य ७५ दशमलव २० रुपैयाँले वृद्धि भएको छ ।
यो साता १८ कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुने १८ कम्पनी मध्ये १५ जलविधुत् कम्पनी छन् । दुई लगानी क्षेत्रका कम्पनी हुँदा एउटा लघुवित्त कम्पनी छ ।