IME Life New

इसेवाको प्रादेशिक कार्यालय मधेश प्रदेशको जनकपुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । इसेवाले आफ्नो सेवा र सुविधालाई अझ सुविधापूर्ण र परिस्कृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यस शाखा सञ्चालनमा आएसँगै दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालय मार्फत सहज ढंगले उपभोग गर्न पाउनेछन् ।

Esewa
Crest

देशभर १ लाख ६५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १ करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ।

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS